Market Closed

अरुण काबेलीको खुल्यो सेयर कारोबार, नेप्सेले दियो २९७ रुपैयाँसम्मको ओपनिङ रेन्ज

16 Apr,2017
  • Arun-Kabeli-Power-Limited_4_16_2017_1_29_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : अरुण काबेली पावर कम्पनीको आइतबारदेखि सेयर कारोबार खुलेको छ । नेपाल  स्टक एक्स्चेन्जले अरुण काबेलीको पहिलो सेयर कारोबार (ओपनिङ रेन्ज) का लागि प्रतिकित्ता ९९ रुपैयाँ ०७ पैसादेखि अधिकतम २९७ रुपैयाँसम्मको सीमा तोकिएको दिएको छ । यो समाचार तयार पार्दासम्म दोस्रो बजारमा सेयर किनेबच भने भइसकेको छैन । कम्पनीको १ करोड ५० लाख कित्ता आइपीओमा २९ लाख १० हजार कित्ता सेयर सर्वसाधारणसँग रहेको छ । अरुण काबेलीलाई स्टक एक्सचेन्जले कारोबार संकेत ‘एकेपीएल’ दिएको छ ।

अरुण काबेलीले गत कात्तिक ९ देखि १२ गतेसम ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा एक लाख ६६ हजार ११२ जनाले १२ अर्ब ६३ करोड रुपैयाँको आवेदन दिएका थिए । यो आइपीओमा ३५ हजार रुपैयाँ सम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडिएको थियो । कम्पनीले हाल पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने काबेली नदीमा २५ मेघावट क्षमताको काबेली बी जलबिद्युत आयोजना निर्माण गरिराखेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।  
 
 
 

Post Your Comment