Market Closed

अरुण काबेलीले नै आग्रह गरेपछि नेप्सेले रोक्यो कारोबार, डिम्याट खातामा सेयर पठाउँदा त्रुटि

19 Apr,2017
  • Arun-Kabeli-Power-_4_19_2017_1_10_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले अरुण काबेलीको सेयर कारोबार रोकेको छ । सीडीएसको आग्रहमा अरुण काबेलीको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । अरुण काबेलीले नै सेयर कारोबार रोक्न सीडीएससीलाई आग्रह गरेको हो । डिम्याट खातामा सेयर पठाउँदा समस्या उत्पन्न भएको भन्दै अरुण काबेलीले त्यो मिलाउनका लागि बुधबार सेयर कारोबार रोक्न आग्रह गरेको नेप्सेले जानकारी दिएको छ । सेयर डिम्याट खातामा पठाउनेक्रममा डाटाबेसमा गल्ती भएको अरुण काबेलीले जानकारी दिएको छ । यसबाहेक केही लगानीकर्ताले आफ्नो खातामा सेयर नआएपछि कारोबार रोक्नका लागि नेप्से, सीडीएस र धितोपत्र बोर्डलाई इमेल गरेका थिए । 
 
स्रोतका अनुसार सेयर डिम्याट खातामा पठाउनेक्रममा निकै त्रुटि भेटिएको छ । एकै जनाको नाममा एकभन्दा बढीको सेयर इन्ट्री भएको छ भने कतिपयको खातामा सेयर जम्मा नै भएको छैन । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले अरुण काबेलीकै आग्रहमा सेयर कारोबार रोक्का गरिएको जानकारी दिए । ‘अरुण काबेलीले सीडीएससीलाई कारोबार रोक्न आग्रह गरेको हो । सोही जानकारी सीडीएस हामीलाई गराएपछि बुधबारका लागि कारोबार रोकेका हौं,’ उनले नेपाली पैसासँग भने ।
 
 
 
 
 
 

Post Your Comment