Market Closed

अरुण काबेलीले अर्कोपटक गर्ला त नाफा ? अहिले भने भयो ३८ लाख ३२ हजार रुपैयाँ घाटा

09 Aug,2017
  • Arun-Kabeli-Power_8_9_2017_1_39_20.jpg
नेपाली पैसा
 
काठमाडौं : अरुण काबेली पावरले आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमासको अन्त्यसम्ममा ३८ लाख ३२ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । अरुण काबेलीले अघिल्लो वर्ष यही अवधिमा भएको नोक्सानलाई भने १७ लाख ४५ हजार रुपैयाँले कम गरेको हो । अघिल्लो वर्ष कम्पनीको खुद नोक्सान ५५ लाख ७८ हजार रुपैयाँ थियो । अरुण काबेलीले गत कात्तिक ९ देखि १२ गतेसम्म ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ बिक्री गरेको थियो । यसले गर्दा कम्पनीको सेयर पुँजी भने २५% वृद्धि भएर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । सेयर पुँजी अघिल्लो वर्ष १ अर्ब २० करोड रुपैयाँ थियो । यसैगरी, रिजर्भ कोष १ करोड ४९ लाख १२ हजार ५४५ रुपैयाँ ऋणत्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ १ पैसा छ । कम्पनीले योजना अनुसार नै २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजना निर्माण भइरहेको जनाएको छ ।
 
 
 

Post Your Comment