Market Closed

अरुण भ्यालीको १०% बोनस सेयर, भदौ ३० मा साधारण सभा गर्न कहिले हुँदैछ बुक क्लोज ?

17 Aug,2017
  • Bonus_8_17_2017_11_57_31.jpg
नेपाली पैसा
 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावरले १०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.५२६% नगद लाभांश दिने भएको छ । लाभांश दिने प्रस्ताव कम्पनीले भदौ ३० गते हुने वार्षिक साधारण सभामा पेस गर्दैछ । साधारण सभा गर्न कम्पनीले भदौ ९ देखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा, बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा नयाँ लगानीकर्ताले भदौ ८ गतेभित्रै कम्पनीको सेयर किनिसक्नुपर्नेछ । अरुण भ्यालीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसको सेयर पुँजी ८४ करोड ८१ लाख ९३ हजार रुपैयाँ छ । अरुणको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८९ पैसा छ ।

Post Your Comment