Market Closed

अरुण भ्यालीको विद्युत बिक्रीबाट आम्दानी बढेपनि नाफा ६१.०६% ले घट्नुमा के छ कारण ?

13 Aug,2018
  • Arun-Valley-Hydropower-Development-Co.-Ltd_8_13_2018_2_49_42.jpg
नेपाली पैसा
 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको गत आर्थिक वर्षको नाफामा ६१.०६% गिरावट आएको छ । अघिल्लो आवमा ९ करोड ६ लाख ६६ हजार ६६१ रुपैयाँ रहेको नाफा गत आवको सोही घटेर ३ करोड ५३ लाख १ हजार ७५ रुपैयाँमा सीमित भएको छ ।
 
असार मसान्तसम्म कम्पनीले विद्युत बचेर ५ करोड २० लाख ७१ हजार ४५६ रुपैयाँ आम्दानी गरेपनि अन्य स्रोतबाट आम्दानी घट्दा नाफामा असार परेको हो । अघिल्लो वर्ष यो हाइड्रोले विद्युतबाहेक अन्य स्रोतबाट ७ करोड ८५ लाख ८६ हजार रुपैयाँ कमाएकोमा अहिले १ करोड ९२ लाख ५५ हजार रुपैयाँमात्र छ ।
 
यता, अघिल्लो वर्ष विद्युत बिक्रीबाट ५ करोड १६ लाख १९ हजार २५१ रुपैयाँ आम्दानी भएको थियो । कम्पनीको सेयर पुँजी ९३ करोड ३० लाख १२ हजार ३०० रुपैयाँ छ । जगेडा कोषमा भने ३ करोड ९४ लाख ७९ हजार ७३९ रुपैयाँ मात्र जम्मा भएको छ । ३ रुपैयाँ ९४ पैसा प्रतिसेयर आम्दानी भएको यो कम्पनीको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ २३ पैसा छ । 

Post Your Comment