Market Closed

अरुण काबेलीले चौथो त्रैमासमा कस्तो गर्यो प्रगति ?

07 Aug,2019
  • arun_kabeli_12_25_2016_3_39_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : अरुण काबेली पावरले गत आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमाससम्म आइपुग्दा २८ हजार ५ सय ९२ रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा अरुण काबेली १६ लाख १४ हजार ९८५ रुपैयाँ नोक्सानमा रहेको थियो । अरुण काबेलीले असार मसान्तसम्म अन्य स्रोतबाट २० लाख ५५ हजार ९६३ रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५०.४६% ले बढी हो ।

अघिल्लो वर्ष कम्पनीले अन्य स्रोतबाट १३ लाख ६६ हजार ४१३ रुपैयाँ कमाएको थियो । यता, अरुण काबेलीले हालसम्म विद्युत् विक्रीबाट कुनै आम्दानी गर्न सकेको छैन । चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको सेयर पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसअवधिमा जगेडा कोष भने १ करोड ५५ लाख १० हजार ६३१ रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ९७ पैसा रहेको छ ।

अरुण काबेलीको चौथो त्रैमासको रिपोर्ट हेर्नुहोस् । 
 

Post Your Comment