Market Closed

नेप्सेमा कुन–कुन कम्पनीको भयो १ करोड ५१ लाख ७ हजार कित्ता हकप्रद र बोनस सूचीकृत

12 Dec,2017
  • share_listing_12_12_2017_1_13_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा मंगलबार ४ वटा कम्पनीको कुल १ करोड १५ लाख ७ हजार ८.०३ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै हिमालयन जनरल इन्सुरेन्सको ६४ लाख २० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसैगरी मुक्तिनाथ विकास बैंकको ६१ लाख ७० हजार ८६५.०४ कित्ता र अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख ३ हजार २४७ कित्ता हकप्रद पनि सूचीकृत भएको छ । नेको इन्सुरेन्सको भने ७ लाख १२ हजार ८९५.९९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 
 
 
 

Post Your Comment