अल्पाइन डेभलपमेण्ट बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, १३ असोज २०७३)

29 Sep,2016
  • alpine_dbl_resize_9_29_2016_11_17_30.jpg


२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा २२ दशमलव ५० प्रतिशत बढेको छ । पछिल्लो समयमा रहेको रू. ६ लाख ५३ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा ‘फोर प्राइस डोजी’ बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य कता जान्छ भन्नेबारे स्पष्ट सङ्केत दिन सक्दैन ।

आरएसआई : न्युट्रल जोन (३० दशमलव ७६ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : ११ दशमलव ८० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा र सातदिने रेखाभन्दा तल रहेको छ भने ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ४ सय ४७ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

रेखा चित्र : केही दिनदेखि शेयरमूल्यले ‘साइडवेज मुभमेण्ट’ बनाएको छ । यसले आगामी दिनमा शेयरमूल्य कता जान्छ, त्यसबारे स्पष्ट सङ्केत दिँदैन ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा २२ दशमलव ५० प्रतिशत बढेर रू. ४ करोड ६९ लाख पुगेको छ । खुद ब्याज आम्दानी २१ दशमलव ४८ प्रतिशत र सञ्चालन नाफा ६० दशमलव ६१ प्रतिशत बढ्नाले मुनाफा बढ्न टेवा पुगेको हो ।

- पछिल्लो समयमा रहेको रू. ६ लाख ५३ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- रू. १ अर्ब ६० करोड कुल निक्षेप सङ्कलन गरी रू. १ अर्ब ३१ करोड कर्जा प्रवाह गरेको छ ।

- ब्याज आम्दानी २३ दशमलव २१ प्रतिशत बढेर रू. १५ करोड ९९ लाख र ब्याज खर्च २५ दशमलव ५५ प्रतिशत बढेर रू. ६ करोड ९३ लाख  पुगेको छ ।

- कर्मचारी खर्च ३७ दशमलव २९ प्रतिशत, र कुल सञ्चालन नाफा २१ दशमलव ८६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च ४ दशमलव ७२ प्रतिशत घटेको छ ।

- स्थिर सम्पत्ति १५ दशमलव ४८ प्रतिशत बढेको छ भने अन्य सम्पत्ति २२ प्रतिशत बढेको छ ।

- पूँजीकोष लागत ५ दशमलव ३७ प्रतिशत र पूँजीकोष पर्याप्तता १४ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे ३३ गुणा, प्रतिशेयर आम्दानी रू. ३२ दशमलव २३ र मूल्य आम्दानी अनुपात १४ गुणा छ । सो आम्दानी र पछिल्लो शेयरमूल्यको आधारमा निकालिएको पीई रेशियो साढे १३ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ३ गुणा छ ।

Post Your Comment