Market Closed

नेप्सेमा २ कम्पनीको ७७ लाख ५१ हजार कित्ता सेयर सूचीकरण

16 Jul,2019
  • share_listing_7_16_2019_4_55_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा मंगलबार ७७ लाख ५१ हजार ६६५.२३ कित्ता सेयर सूचीकृत भएको छ । एनएमबि माइक्रोफाइनान्सको बोनस र एसियनको लाइफ इन्सुरेन्सको हकप्रद सेयर सूचीकृत भएको हो । नेप्सेमा एनएमबि माइक्रोफाइनान्सको २ लाख ११ हजार ३१२.५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ ।

यो माइक्रोफाइनान्सले गत पुस २९ गते बसेको साधारण सभाबाट १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको १५% बोनस दिने प्रस्ताव पारित गरेको थियो । सोही बोनस अहिले सूचीकरण भएको हो । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार पुगेको छ ।
 
यस्तै, एसियन लाइफ इन्सुरेन्सको ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद पनि नेप्सेमा सूचीकृत भएको छ । यस इन्सुरेन्सले गत चैत २५ गते देखि वैशाख २९ गतेसम्म १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद बिक्री खुला गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँबाट हकप्रद दिएको हो । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड ७६ हजार भन्दा माथि पुगेको छ । 
 

Post Your Comment