Market Closed

एनआइसी एसियाले नागरिक लगानी कोष, सूर्या लाइफ र एसियन लाइफको सेयर लिलामीमा बेच्ने

22 Nov,2020
  • Auction_10_10_2_11_22_2020_12_56_03.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको ५ लाख ३६ हजार ५५४ कित्ता संस्थापक सेयर सोमबार (मंसिर ७ गते) बाट लिलामीमा बिक्री खुला गरेको छ । जसमा नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्सुरेन्सको १ लाख ९३ हजार १९४ र एसियन लाइफ इन्सुेन्सको १ लाख ४० हजार ८०० कित्ता रहेको छ ।

यसमा मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । तीनै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
 

Post Your Comment