Market Closed

एसियन लाइफको ९८ हजार कित्ता सेयर लिलामी खुल्यो, जेठ १७ सम्म म्याद

24 May,2018
  • Asian-life-insurance-comp_5__5_24_2018_10_23_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले बिहीबार (जेठ १० गते) देखि सर्वसाधारण समूहको ९८ हजार २४६.२० कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक रुपमा बोलपत्रमा सहभागी हुनुपर्ने छ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ १७ गते तोकिएको छ । 
 
एसियनले ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं सहित यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन्न् । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
 
यता, एसियन लाइफले जेठ १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा ४% बोनस सेयर र यसपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजीको ६०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३ करोड २२ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 

Post Your Comment