एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद भर्ने आज अन्तिम मौका

12 May,2019
  • Asian-life-insurance-comp_6_27_2018_11_58_42.jpg
नेपाली पैसा 

काठमाडौं : एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर भर्ने आइतबार (वैशाख २९ गते) अन्तिम दिन हो। कम्पनीले गत चैत २५ गतेदेखि १ः०.६ अनुपात (६०%) मा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद खुला गरेको हो। एसियनको यस हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।
 
लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट यसमा आवेदन दिन सकिन्छ ।

एसियन लाइफको केन्द्रीय कार्यालय, शाखा कार्यालयहरु र सि–आस्वाबाट पनि आवेदन दिन पाइनेछ । एसियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गरेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा धेरै पुग्नेछ ।
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एसियनले २ करोड ८९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ ।

Post Your Comment