Market Closed

एसियन लाइफको २ लाख २१ हजार कित्ता सेयर असार १ देखि लिलामीमा आउँदै

07 Jun,2019
  • Asian-life-insurance-comp_6_27_2018_11_58_42.jpg
नेपाली पैसा
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले असार १ गतेदेखि २ लाख २१ हजार ३५९.७३ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको २ हजार ४२०.७० कित्ता र सर्वसाधारण समूहको २ लाख १८ हजार ९३९.०३ कित्ता सेयर लिलामी गर्न लागेको हो । यसमा असार ८ गतेसम्म बोलकबोलमा सहभागी हुन सकिनेछ । एसियनले चैत २५ देखि वैशाख २९ गतेसम्म ६०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी गर्न लागेको हो ।
 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट लिलामी भर्न सकिनेछ ।
 
यता, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामीमा आवेदन दिन पाउने व्यवस्था रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको, हरिशंकर रोड बागलुङबाट पनि बोलपत्र फारम भर्न पाइनेछ ।

Post Your Comment