Market Closed

एसियन लाइफ इन्सुरेन्सको २ लाख २१ हजार कित्ता लिलामी सेयर खुल्यो

17 Jun,2019
  • auction_new_6_17_2019_1_09_28.jpg
नेपाली पैसा
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले आइतबार (असार १ गते) देखि २ लाख २१ हजार ३५९.७३ कित्ता सेयर लिलामी खुला गरेको छ । कम्पनीले संस्थापक समूहको २ हजार ४२०.७० कित्ता र सर्वसाधारण समूहको २ लाख १८ हजार ९३९.०३ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा असार १ गतेदेखि ८ गतेसम्म बोलपत्र पेश गर्ने पाइनेछ ।
 
संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताका लागि अवेदन दिन पाइनेछ । अधिकतम १० अंकले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ । एसियनले गत चैत २५ गतेदेखि वैशाख २९ गतेसम्म ६०% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी प्रक्रियामा ल्याएको हो ।
 
लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । एनआइबीएल एसको लाजिम्पाट, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर कार्यालयबाट आवेदन भर्न सकिनेछ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय नारायनगण, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि फारम बुझाउन सकिनेछ । बाग्लुङमा भने ग्रीन डेभलपमेन्ट बैंकमा गएर आवेदन दिन सकिनेछ । 
 

Post Your Comment