Market Closed

एसियन लाइफको लिलामी सेयरमा कति कायम भयो कट अफ प्राइस ?

28 Jun,2019
  • auction_img_6_23_2019_10_25_19.png
नेपाली पैसा
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सको सर्वसाधारण समूहको लिलामी सेयरको कट अफ प्राइस ३४६ रुपैयाँ ६७ पैसा कायम भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार प्रारम्भिक नतिजा अनुसार प्रतिकित्ता न्यूनतम ३४६ रुपैयाँ ६७ पैसासम्म भाउ तोकेर भर्नेले सेयर पाउने छन् । यस लिलामीमा कुल ६९९ जनाको बोलपत्र  आवेदन परेको थियो । 
 
नेप्सेमा बिहीबार एसियनको अन्तिम कारोबार ३९५ रुपैयाँ भएको छ । यस आधारमा बजार भाउ भन्दा सस्तोमा लिलामी सेयरको कट अफ कायम भएको हो । यसमा अधिकतम ४५० रुपैयाँसम्म भाउ कबोल गरेर लिलामी आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । एसियन लाइफले असार १ गतेदेखि ८ गतेसम्म संस्थापक समूहको २ हजार ४२०.७० कित्ता र सर्वसाधारण समूहको २ लाख १८ हजार ९३९.०३ कित्ता गरी कुल २ लाख २१ हजार ३५९.७३ कित्ता लिलामीमा ल्याएको थियो । 
 
यसअघि एसियनले गत चैत २५ गतेदेखि वैशाख २९ गतेसम्म ७५ लाख ४० हजार ३५२.७३ कित्ता (६०%) हकप्रद बिक्री गरेको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर लिलामीमा ल्याइएको हो । 

Post Your Comment