Market Closed

एसियन लाइफको नाफा २६.४५% ले बढ्दा अरु के–के भयो ?

15 Aug,2019
  • Asian-life-insurance-comp_6_27_2018_11_58_42.jpg
नेपाली पैसा
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमाससम्ममा ५ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद नाफा बढाएको छ । अघिल्लो वर्ष एसियनले ४ करोड ६० लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा अघिल्लो वर्ष भन्दा २६.४५% ले बढी हो । एसियनको जीवन बिमा कोषको आकार पनि २९.६२% ले बढेर १७ अर्ब १ करोड ९० लाख १९ हजार रुपैयाँ पुगेको छ ।

जगेडा कोषमा ३२ करोड १५ लाख ९ हजार २२९ रुपैयाँ रहेको छ । एसियनको महाविपत्ति जगेडा कोषमा ४ करोड ३० लाख ७३ हजार रुपैयाँ रहेको छ । यो पनि अघिल्लो वर्षको यसैअवधिमा भन्दा १५.६४% ले बढी हो । यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी भने ०.७६ पैसाले घटेर २ रुपैयाँ ९ पैसा आएको छ । यसको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १३ पैसा छ । 
 
 

Post Your Comment