Market Closed

आरम्भको ७.३८% बोनस सेयरमा मूल्य समायोजन

13 Dec,2019
  • price-adjustment-no_10_18_2019_10_30_06_12_13_2019_10_50_53.jpg
नेपाली पैसा 

काठमाडौं : आरम्भ लघुवित्त वित्तीय संस्थाको ७.३८% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९२.६४ पैसा कायम भएको छ । आइतबार यहि मूल्यमा आरम्भको कारोबार खुल्नेछ । कम्पनीले पुस ९ गते हुने साधारण सभाको लागि आइतबार (मंसिर २९ गते) देखि बुक क्लोज गर्दैछ । मंसिर २८ शनिबार र २७ गते शुक्रबार परेको हुँदा बिहीबारसम्म मात्र कायम सेयरधनीले लाभांस सुरक्षित गर्नेछन् ।

कम्पनीले बोनसमा लाग्ने करका लागि ०.३८% नगद पनि वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।  सभा पञ्चकन्या ब्यांकेट, बनेपा न.पा.–८, पुलबजार, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले चौतारी लघुवित्त वित्तीय संस्था सँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव सभामा पेश गर्दैछ । सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गर्दैछ । मर्जरपछि कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहनेछ ।

मर्जपछि संस्थापकको ६३.६६% र सर्वसाधारणको ३६.३४% सेयर स्वामित्व हुने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने प्रस्ताव पनि छ । दुई कम्पनी एक भएपछि कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभामा ७.७६५ लाभांश वितरण गर्ने एजेन्डा पनि छ । 
 

Post Your Comment