Market Closed

अपि पावरको खुद नाफा १४.२५% ओरालो लाग्यो, किन घट्दैछ रिजर्भ कोष ?

14 May,2018
  • api-power-company-ltd_5_14_2018_10_44_47.jpg
नेपाली पैसा
 
काठमाडौं : अपि पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ८१ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा खुद नाफा १४.२५% ले घटेको हो । गत वर्ष यसको खुद नाफा ४ करोड ४४ लाख ७६ हजार रुपैयाँ थियो । अपिको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ९.५५% ले घटेको छ ।

तेस्रो त्रैमाससम्म बिजुली बेचेर १० करोड ९९ लाख ३७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी १२ करोड १५ लाख ४४ हजार रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ थियो ।
 
यता, रिजर्भ कोषको पैसा पनि २९.४३% घटेको छ । गत वर्ष ५ करोड ९० लाख ३३ हजार रुपैयाँ रहेको रिजर्भ कोषमा अहिले ४ करोड १६ लाख ५८ हजार रुपैयाँ मात्र छ । अपिको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवैमा गिरावट आएको छ ।

अहिले प्रतिसेयर आम्दानी ४.४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०३.६७ रुपैयाँ छ । गत वर्षको यही अवधिमा भने प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.६२ रुपैयाँ थियो ।

Post Your Comment