Market Closed

अपि पावर फेरि २००% हकप्रद अनुमति माग्न धितोपत्र बोर्डमा, अब के होला ?

02 Jan,2019
  • api-power-company-ltd_5_14_2018_10_44_47.jpg
नेपाली पैसा
 
काठमाडौं : अपि पावर कम्पनीले पुनः २००% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः२ अनुपातमा २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

यसअघि, कम्पनीले गत वर्ष पनि २ करोड १० लाख कित्ता (२००%) हकप्रद ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको थियो । तर, त्यतिबेला प्रकृया पूरा नगरीकन हकप्रद ल्याउन लागेको भन्दै धितोपत्र बोर्डले अनुमति दिएको थिएन । बोर्डले हकप्रद अनुमतिको पाइपलाइनबाटै अपिलाई हटाएको थियो ।

अहिले फेरि बोर्डले अपि पावरको २००% हकप्रदलाई पाइपलाइनमा राखेको छ । आवश्यक अध्ययन पछि बोर्डले अनुमति दिनेछ । अपिले गत वर्ष लगानीकर्तालाई ८% बोनस सेयर दिएको थियो । त्यो बोनस सेयरसमेत जोड्दा अहिले पुँजी वृद्धि भएकाले २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद ल्याउन लागिएको हो । गत वर्ष अपिले २ करोड १० लाख कित्ताका लागि आवेदन दिएको थियो । 
 
हाल यसको चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ४० करोड २० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको कमाईबाट ५% बोनस दिने पनि घोषणा गरेको छ । बोनसपछि चुक्ता पुँजी अझै बढ्नेछ । 
 
 

Post Your Comment