Market Closed

अपिको ५% बोनस पारित गर्न मंगलबार एजीएम बस्ने, २००% हकप्रद पनि आउँदै

07 Jan,2019
  • api-power-company-ltd_5_14_2018_10_44_47.jpg
नेपाली पैसा 

काठमाडौं : अपि पावर कम्पनीको साधारण सभा मंगलबार (पुस २४ गते) बस्दैछ । अपिले ५% बोनस वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सञ्चालक समितिको संरचना परिवर्तन तथा निर्वाचन सम्बन्धमा पनि छलफल हुँदैछ । सभा कार्की ब्यांकेट बबरमहलमा बिहान १० बजे सुरु हुनेछ । 
 
साधारण सभामा आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ ।
 
साधारण सभा प्रयोजनका लागि अपिले पुस १५ बाट सभा हुने दिन मंगलबार सम्म बुक क्लोज गरिरहेको छ । पुस १४ गतेसम्म कायम सेयरधनीले यो बोनस सुरक्षित गर्न सक्नेछन् । अपिले भर्खरै मात्र २००% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १ः२ अनुपातमा २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि हकप्रद बिक्री खुला प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
 
हाल अपिको चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँ छ । २००% हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ४० करोड २० लाख रुपैयाँ पुग्नेछ । ५% बोनस पछि पुँजी अझै बढ्नेछ । 

अपि पावरको एजीएम एजेन्डा अध्ययन गर्न यो लिंकमा क्लिक गर्नुहोस्
 

Post Your Comment