Market Closed

अपिको ५% बोनस अनुमोदन गर्न आज एजीएम, २००% हकप्रद पनि आउने

08 Jan,2019
  • agm_n_1_8_2019_10_26_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : अपि पावर कम्पनीको १५ औं वार्षिक साधारण सभा मंगलबार (पुस २४ गते) सभा कार्की ब्यांकेट बबरमहलमा बिहान १० बजे सुरु भएको छ । कम्पनीले ५% बोनस वितरण गर्ने प्रस्ताव पेश गरेको छ । यस्तै, कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन तथा निर्वाचन सम्बन्धमा पनि छलफल हुँदैछ ।  
 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि अपिले पुस १५ देखि पुस २४ गते मंगलबार सम्म बुक क्लोज गरिरहेको छ ।

पुस १४ गतेसम्म कायम सेयरधनीले यो बोनस सुरक्षित गर्न सक्नेछन् । यता, कम्पनीले भर्खरै मात्र २००% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः२ अनुपातमा २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।

बोर्डले अनुमति दिएपछि हकप्रद बिक्री खुला गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । हाल अपिको चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँ रहेको छ । २००% हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ४० करोड २० लाख रुपैयाँ पुग्नेछ । ५% बोनस पछि चुक्ता पुँजी अझै बढ्नेछ । 
 

Post Your Comment