Market Closed

अपि पावरको खुद नाफा ६२.९१% वृद्धि हुँदा यस्तो देखियो इपीएस

11 Feb,2019
  • api-power-company-ltd_5_14_2018_10_44_47.jpg
नेपाली पैसा
 
काठमाडौ : अपि पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६२.९१% ले खुद नाफा वृद्धि गरेको छ । कम्पनीले गत वर्ष यसै अवधिको तुलनामा खुद नाफा बढाएर ५ करोड १० लाख ९९ हजार रुपैयाँ पुर्याएको हो । गत वर्ष यसको खुद नाफा ३ करोड १३ लाख ६७ हजार रुपैयाँ मात्र थियो ।
 
अपिको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । दोस्रो त्रैमाससम्म बिजुली बेचेर १० करोड ६२ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा ७ करोड ९४ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
 
कम्पनीको सयेर पुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँ छ । गत वर्ष सयेर पुँजी १ अर्ब ५ करोड रुपैयाँ थियो । यता, रिजर्भ कोषमा भने गिरावट आएको छ । गत वर्ष १२ करोड १४ लाख ६४ हजार रुपैयाँ रहेको रिजर्भ कोषमा अहिले ११ करोड २३ लाख ४३ हजार रुपैयाँमा आएको छ ।
 
अपिको  प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९७ पैसाबाट बढेर ९ रुपैयाँ १ पैसा (वार्षिक) पुगेको छ ।  प्रतिसेयर नेटवर्थ भने गत वर्ष भन्दा घटेर १०९ रुपैयाँ ९१ पैसामा आएको छ । गत वर्ष प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५७ पैसा रहेको  थियो ।

अपिको वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment