चालीस मेगावाटको अपि चमेलिया निर्माण सुरु हुने, प्राधिकरणसँग पीपीए सम्झौता सम्पन्न

22 Mar,2019
  • ppa_news_3_22_2019_1_57_23.jpg
नेपाली पैसा 

काठमाडौं : अपि पावरको सहायक कम्पनी अपि चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयाजनाको रुपमा माथिल्लो ४० मेगा वाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ । यो सुदुर पश्चिमाञ्चल क्षेत्रको दुर्गम जिल्लामा अवस्थित आयोजना हो ।

अपि पावर कम्पनीले निर्माण गरेको यो तेस्रो आयोजना हो । यस आयोजनाको विद्युत खरिद सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ र अपि पावर कम्पनीका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत सञ्जिव न्यौपानेले विद्युत खरिद सम्झौतामा हस्ताक्षर गरेका हुन् । 
 
यसअघि सोही क्षेत्रमा कम्पनीले क्रमशः ८.५ मेगा वाट क्षेमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ वर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दे आएको छ । 
 
साथै, आगमी चैत मसान्तभित्र ८ मेगा वाट क्षेमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना पनि निर्माण सम्पन्न हुदैछ । सो आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ के.भि. ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।

यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदमा र बाँकी ७० प्रतिशत वर्षा महिनामा उत्पादन हुनेछ । यस आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मेगा वाट क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथि रहेको छ ।

अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदीको पानी फर्काएर आयोजना निर्माण गरिनेछ । यस आयोजनाको निर्माण  सम्पन्न गर्न ७ अर्ब ४० करोड लाग्न लाग्ने अनुमान छ ।

यसको ३० प्रतिशतले हुने २ अर्ब २२ करोड सेयरधनीको लगानी हुनेछ । बाँकी ५ अर्ब १८ करोड बैंक तथा वित्तीय संस्थाबाट सह वित्तीयकरण मार्फत ऋण लगानी गरिनेछ । यो आयोजनाको निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सुदुर पश्चिमाञ्चल प्रदेशको आर्थिक विकासको मेरुदण्ड भनेको यहाँ रहेको अपार जलश्रोत हो । यहाँ उत्पादन हुने विद्युत शक्ति सहज ढंगले भारतिय बजारमा पठाउन सकिने आधार रहेको कम्पनीको भनाई छ ।  
 

Post Your Comment