Market Closed

अपि पावरले फेरि हकप्रद सेयर ल्याउने, चैत ७ मा डाक्यो एजीएम

27 Feb,2020
  • api-power-company-ltd_5_14_2018_10_44_47.jpg
नेपाली पैसा
 
काठमाडौं : अपि पावर कम्पनीले १६औं वार्षिक साधारण सभा चैत्र ७ गते बोलाएको छ । सभा, कार्की ब्यांकेट बबरमहलमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले बोनस र हकप्रद सेयरपछि कायम चुक्ता पुँजीबाट फेरि ०.९०९६% (करिब ९१%) हकप्रद सेयर ल्याउने विशेष प्रस्ताव पेश गर्दैछ । भर्खरै मात्रै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ४७% हकप्रद ल्याउन अनुमति दिएको छ । 
 
बोर्डले १ः०.४७ अनुपातमा ५६ लाख ५७ हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५% बोनस सेयर वितरण गर्दैछ । सो प्रस्ताव पनि सभामा पेश गर्दैछ । बोनस र हकप्रदपछि कम्पनीको पुँजी १ अर्ब ८१ करोड भन्दा धेरै हुनेछ । यही पुँजीबाट फेरि ०.९०९६% हकप्रद ल्याउन लागेको हो । 
 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । हकप्रदबाट प्राप्त रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि अपिले चैत १ गतेदेखि चैत ७ गतेसम्म बुक क्लोज गर्नेछ । फागुन ३० गतेसम्म कायम सेयरधनीले यो बोनस सुरक्षित गर्न सक्नेछन् ।

अपिको साधारण सभा सम्बन्धी सूचना । 
 

Post Your Comment