Market Closed

बरुणले पनि गर्न थाल्यो प्रगति, खुद नाफामा यसरी भयो बढोत्तरी

20 Feb,2017
  • barun-hydropower-company-ltd_2_20_2017_11_09_27.jpg
नेपाली पैसा
 
काठमाडौं : गत वर्ष एक करोड २५ लाख ९९ हजार रुपैयाँ खुद नोक्सान व्यहोरेको बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा भने राम्रो प्रगति गर्न सफल भएको छ । बरुणले यो त्रैमासा ७० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा विद्युत बिक्रीबाट मात्र दुई करोड २५ लाख ५४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । 
 
बरुणले एक करोड ९४ लाख ६० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसको सेयर पुँजी २४ करोड ३० लाख रुपैयाँ छ तर रिजर्भ कोष भने अझै ऋणात्मक छ । दोस्रो त्रैमाससम्म आइपुग्दा बरुणको रिजर्भ कोष तीन करोड ९५ लाख ६ हजार रुपैयाँले ऋणात्मक देखिएको हो । बरुणको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ७४ पैसा छ ।

Post Your Comment