Market Closed

बरुण हाइड्रोपावर १००% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड, अब कति पुग्छ पुँजी ?

15 Jun,2018
  • barun-hydropower_6_15_2018_2_59_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीले १००% हकप्रद बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बरुणले १ः१ अनुपातमा २५ लाख ५१ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
 
हाल बरुणको सेयर पुँजी २५ करोड ५१ लाख ५० हजार रुपैयाँ छ । कप्पनीले यही पुँजीबाट शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्री पछि कम्पनीको सेयर पुँजी ५१ करोड ३ लाख रुपैयाँ पुग्नेछ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बरुणले १ करोड ६७ लाख ६० हजार ३३२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत वर्षको तुलनामा ३८३.६६% धेरै हो । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५७ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९८ पैसा छ । 
 

Post Your Comment