Market Closed

बरुण हाइड्रोपावरको नाफा घट्नुमा कम्पनीको यस्तो छ भनाई

23 Feb,2021
  • profit_9_9_2019_10_05_25_2_23_2021_9_45_47.png
नेपाली पैसा

काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ६१.६१% ले थोरै हो । गत वर्ष कम्पनीले २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ३३.५३% ले घटेर ३ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष यसले विद्युत बेचेर ५ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा कम्पनीको नाफा पनि घट्न पुगेको देखिन्छ । यस्तै, कम्पनीले यस आर्थिक वर्षमा प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले गर्दा पनि नाफा घटेको जनाएको छ । 

पुस मसान्तसम्म आइपुग्दा बरुणको चुक्ता पुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने १ करोड १५ लाख रुपैयाँ छ । बरुणको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ३३ पैसा रहेको छ ।

बरुण हाइड्रोपावरको वित्तीय विवरण हेर्नुहोस् । 
 

Post Your Comment