Market Closed

बरुण हाईड्रोपवारको कुल चालु सम्पत्ति रू. ७ करोड ५३ लाख

10 Mar,2016
  • barun_logo_3_10_2016_12_53_34.png
 
फागुन २७, काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको आव २०७२÷७३ को दोस्रो त्रैमाशको खुद मुनाफा रू. १ करोड २५ लाख ऋणात्मक रहेको छ । गत आवमा रू. ४० लाख ८२ हजार मुनाफा कमाउन सफल भएको कम्पनीले चालु आवमा घाटा व्यहोन पुगेको छ । कम्पनीको गत आवमा गएको बाढीले आयोजनामा क्षति पुगी पुननिर्माण कार्य जारी रहेकोले आम्दानी गर्ने नसकेको कम्पनीले उल्लेख गरेको छ ।  कम्पनीले गत आवमा बिद्युत बिक्री आयबाट रू. १ करोड ७८ लाख कमाएको तर चालु आवमा बिद्युत बिक्री आय बाट आम्दनाी गर्ने सकेको छैन । कम्पनीको चुक्ता पूँजी रू. २४ करोड ३० लाख र जगेडा कोष रू. ३ करोड १८ लाख ऋणात्मक रहेकोे छ । त्यसैगरी कम्पनीको कुल चालु सम्पत्ति २ सय ३४ प्रतिशत र कुल चालु दायित्व १ सय ५९ प्रतिशत बढेको छ । अहिले कम्पनीको दोस्रो बजारमा रू.३५० शेयर कारोबार भएको छ ।  
 

Post Your Comment