Market Closed

अन्ततः साधारण सभा गर्न बाध्य भयो विशालबजार, के–के राखिए एजेन्डा ?

25 Jul,2017
  • bishal-bazar_7_25_2017_12_35_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : लामो समयदेखि हुन नसकेको विशालबजार कम्पनीको साधारण सभा अन्ततः साउन ३१ गते हुने भएको छ । सभामा कम्पनीले अर्थ मन्त्रालयको नाममा ३ अर्ब ९६ करोड रुपैयाँको ३ करोड ९६ लाख कित्ता सेयर थप गर्ने प्रस्ताव पेस गर्दैछ । सर्वोच्च अदालत र उच्च अदालत पाटनबाट आएको फैसलापछि कम्पनीले यस्तो विशेष प्रस्ताव पेस गर्न लागेको हो । कम्पनीको ३ करोड ९६ लाख किता सेयर थप भएपछि अब अधिकृत पुँजी ४ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । सभामा कम्पनीले नयाँ अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी कायम गर्न आवश्यक पर्ने कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि पेस गर्नेछ । केही समयअघि नेपाली पैसाले विशाल बजार कम्पनीले झन्डै दुई वर्षदेखि लगानीकर्ताको सेयर बन्धक बनाएको र ३ वर्षसम्म पनि नियमित वार्षिक साधारण सभा नगरेको समाचार प्रकाशित गरेको थियो । कानुन बमोजिम साधारण सभा नै नबोलाएपछि असार ७ गते पाटन उच्च अदालतले विशाल बजार कम्पनीलाई साउन मसान्तसम्म वार्षिक साधारण सभा गर्न आदेश दिएको थियो ।

कम्पनीका सेयरधनीहरु सुजन दत्त, विनय श्रेष्ठ र सुनिल कुमार शाक्यले वार्षिक साधारण सभा नगरेको अनि वित्तीय अवस्था पनि सार्वजनिक नगरी कानुन विपरीत चलिरहेकाले तत्काल सधारण सभा गराउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । अब साधारण सभा साउन ३१ गते बिहान ११ बजे मेहन्द्र पुलिस क्लबको सभाहल, भृकुटी मण्डप प्रदर्शनीमार्ग काठमाडौमा बस्नेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७०–७१ र २०७१–७२ को लेखापरीक्षण प्रतिवेदन, वातसाल, आय विवरण, नगद प्रवाहलगायतका विवरण पेस हुनेछ । लेखा परीक्षकको प्रतिवेदनमा छलफल गरी परित गर्ने प्रस्ताव पनि पेस गरिंदैछ । त्यस्तै, आर्थिक वर्ष २०७३–७४ का लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि पेस गरिदैछ । साधारण सभा गर्न कम्पनीले आज (मंगलबार) देखि साउन ३१ गतेसम्म बुक क्लोज गर्दैछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ११० रुपैयाँ र प्रतिसेयर नेटवर्थ ७३२ रुपैयाँ २७ पैसा छ ।

Post Your Comment