Market Closed

विशालबजार कम्पनीको खुद मुनाफा २ गुणा वृद्धि

29 Nov,2015
  • bisal_11_29_2015_2_48_54.jpg
मङ्सिर १३, काठमाडौं । विशालबजार कम्पनी लिमिटेडले गत आव ०७१ ÷०७२ मा खुद मुनाफा १ सय २० प्रतिशत बढेको छ । कम्पनीको गत आवमा सञ्चालन मुनाफा ५६ प्रतिशत बढेको छ । गत आवमा कम्पनीको बिक्री आय १४ प्रतिशत र बैङ्क व्यालेन्स २८ प्रतिशत बढेको छ । त्यसैगरी कम्पनीको गत आवमा कुल तरल सम्पत्ति ३२ प्रतिशत बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धानबाट कम्पनीका पसलकवलहरु वहालमा दिदाँ भ्रष्टाचार गरेको अभियोगमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सहित ८ जनालाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कम्पनीमा लोडसेडिंगको कारणले इन्धनको खपत बढ्न गई सञ्चालन लागत उच्च वृद्धि हुन पुगेको छ । 

Post Your Comment