Market Closed

बेस्ट फाइनान्सको ८ लाख ५ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

24 Jan,2019
  • auction_img_1_17_2019_11_10_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : बेष्ट फाइनान्सको ८ लाख ५ हजार ८४.४७ कित्ता सेयर लिलामी भर्ने बिहीबार (माघ १० गते) अन्तिम दिन हो । पुस ११ गतेदेखि बेस्टको लिलामी खुला भएको हो । यसमा संस्थापक समूहको ५ लाख ५७ हजार ७७४.५७ कित्ता र सर्वसाधारण समूहको २ लाख ४७ हजार ३०९.९० कित्ता सेयर रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । 
 
कम्पनीले यसअघि ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा २ हजार ५१२ जना आवेदकले ३ लाख ८० हजार ९३८ कित्ताका लागि मात्र आवेदन दिएका थिए । नबिकेको ८ लाख ५ हजार ८४.४७ कित्ता सेयर लिलामीमा ल्याएको हो । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं तथा बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौं र बुटवल, नेपालगञ्ज, कपिलवस्तु, नवलपरासी, दाङ र पोखराका शाखा कार्यालयबाट आबेदन दिन सक्नेछन् । 
 
त्यस्तै, प्रभु बैंकको आदर्शनगर वीरगञ्ज, जलजलाचोक विराटनगर, वीरेन्द्रनगर सुर्खेत र गोदाबरी रोड धनगढी शाखाबाट पनि आवेदन दिन पाइनेछ । पुँजी वृद्धि गर्ने अभियानमा रहेको बेष्टले सिनर्जी फाइनान्सलाई एक्वायर गरी गत साउन १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो । हाल बेष्टको चुक्ता पुँजी ८१ करोड १६ हजार रुपैयाँ छ ।
 

Post Your Comment