Market Closed

बेष्ट फाइनान्सले लिलामी सेयर नपाउनेलाई बुधबारदेखि पैसा फिर्ता गर्दै

04 Feb,2019
  • refund__img_2_4_2019_12_30_29.jpg
नेपाली पैसा 
 
काठमाडौं : बेष्ट फाइनान्स कम्पनीले बुधबार (माघ २३ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक खातामा पैसा फिर्ता गरिने कम्पनीले जानकारी गराएको छ । 
 
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइनेछ । 
 
यस कम्पनीले गत पुस ११ गतेदेखि माघ १० गतेसम्म संस्थापक समूहको ५ लाख ५७ हजार ७७४ र सर्वसाधारण समुहको २ लाख ४७ हजार ३०९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
 

Post Your Comment