Market Closed

बेस्ट फाइनान्सको शुक्रबार एजीएम, मर्जमा जाने विशेष प्रस्ताव

28 Feb,2019
  • agm_n_2_7_2019_5_00_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : बेस्ट फाइनान्सले शुक्रबार (फागुन १७ गते) साधारण सभा बोलाएको छ । सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बेस्टले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।
 
मर्जर तथा एक्विजिसन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मूल्यांकन गर्नका लागि मूल्यांकनकर्ता नियुक्त गर्न तथा अन्य आवश्यक काम सञ्चालक समितिले गर्न सक्ने गरी विशेष प्रस्ताव एजीएममा पेश गरिनेछ । 
 
यसैगरी, संस्थाको सञ्चालक समितिमा ७ जना रहने गरी कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेखीकरण गर्ने विशेष प्रस्ताव पनि लगिंदैछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।
 
यसबाहेक आर्थिक वर्ष २०७४–७५ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ । साधारण सभा प्रयोजनका लागि बेस्टले माघ २८ गतेदेखि फागुन ५ गतेसम्म बुक क्लोज गर्नेछ । 

Post Your Comment