Market Closed

बेस्ट फाइनान्सले नाफा बढाए पनि रिजर्भ सुधार्न सकेन

30 Apr,2019
  • best_2_8_2018_3_13_53_7_24_2018_11_48_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : बेस्ट फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसले गत वर्षको भन्दा १२३% ले नाफा बढाएको छ । तेस्रो त्रैमाससम्ममा फाइनान्सले ७ करोड ७३ लाख १४ हजार खुद नाफा आर्जन गरेको हो । गत वर्ष ३ करोड  ४६ लाख ६९ हजार मात्र खुद नाफा कमाएको थियो ।

यस्तै, बेस्टको खुद ब्याज आम्दानी ६२०.४२ % ले बढेको छ । गत वर्ष १ करोड ४८ लाख ७७ हजार रहेको खुद ब्याज आम्दानी यस त्रैमासमा १० करोड ७१ लख ७८  हजार पुगेको छ । गत वर्ष ११ लाख ९९ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको यो फाइनान्स अहिले २ करोड ५६ लाख ८३ हजार सञ्चालन नाफा गर्न सफल भएको छ ।  
 
कम्पनीले अहिलेसम्म २ अर्ब २८ करोड ३ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १८ करोड २३ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा देखिन्छ । हाल यसको चुक्ता पुँजी ८१ करोड १६ हजार रहेको छ । गत वर्ष ८ करोड ५५ लाख ६१ हजार ऋणात्मक रहेको रिजर्भ कोष यसपटक अझै बढेर १० करोड ४९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यस आधारमा रिजर्भ कोष अझै थप नकारात्मक रहेको देखिन्छ । 

कम्पनीले खराब कर्जामा पनि व्यापक सुधार गरेको छ । खराब कर्जा ५८.२०% बाट घटेर १६.९५ % मा आएको हो । यद्दपि, खराब कर्जा अनुपात अझै निकै बढी देखिन्छ । बेस्टको कस्ट अफ फन्ड ९.८९% छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ ०४ पैसा छ ।

बेस्ट फाइनान्सको यहाँबाट पढ्नुहोस् वित्तीय विवरण
 

Post Your Comment