Market Closed

भार्गवको ६% नगद लाभांश पारित गर्न चैत ३० मा एजीएम, अरु के–के छन् एजेन्डा ?

24 Mar,2019
  • Bhargav-Bikash-bank-Ltd_7_22_2018_12_42_12.jpg
नेपाली पैसा
 
काठमाडौं : भार्गव विकास बैंकले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले चुक्ता पुँजीको ६% नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा बनाएको छ ।  यस्तै, आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा–नोक्सान हिसाब गर्ने तथा लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्नेलागायत प्रस्ताव पेश हुनेछ ।
 
यता, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि चैत २२ गते बुक क्लोज हुने भएको छ । चैत २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र नगद लाभांश पाउने छन् । सभा भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे हुनेछ । 

Post Your Comment