Market Closed

भार्गवको ६% लाभांश सुरक्षित गर्न सेयरधनी बन्ने बिहीबार अन्तिम दिन, कहिले हुँदैछ एजीएम ?

02 Apr,2019
  • dividends_4_2_2019_10_38_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : भार्गव विकास बैंकको ६% नगद लाभांश सुरक्षित गर्ने बिहीबार (चैत २१ गते) अन्तिम दिन हो । यसआधारमा लाभांश सुरक्षित गर्न मंगलबार सहित अब जम्मा ३ दिन मात्र समय बाँकी छ । साधारण सभा प्रयोजनका लागि भार्गवले शुक्रबार (चैत २२ गते) देखि बुक क्लोज गर्नेछ । 
 
भार्गवले लाभांश लगायतका महत्वपूर्ण प्रस्ताव पारित गर्न चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।  सभा भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे बस्नेछ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ ।
 
यसैगरी, लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने लागायत प्रस्ताव पेश हुनेछ । उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने एजेन्डा पनि छ ।

भार्गवको साधारण सभा सम्बन्धी विस्तृत जानकारी यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment