Market Closed

बीओकेको एजीएम माघ १७ मा, कहिले सम्मका सेयरधनीले पाउँछन् २५% लाभांश ?

06 Jan,2019
  • bokl_new_4_26_2018_11_30_04_8_16_2018_12_49_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंक अफ काठमान्डू (बीओके) को २४ औं वार्षिक साधारण सभा माघ १७ गते हुने भएको छ । बैंकले २५% लाभांश वितरण गर्ने पस्ताव लैजाने छ । बीओकेले गत वर्षको नाफाबाट १४% बोनस सेयर र ११% नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बीओकेले पुस ३० गतेदेखि सभा हुने दिन सम्म बुक क्लोज गर्नेछ । यसर्थ, पुस २९ सम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । साधारण सभा एलिस रिसेप्सन, गैरीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बैंकले सेयर ब्रोकरको काम गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ छ ।

बोनसपछि पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्नेछ । बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 

Post Your Comment