Market Closed

बैंक अफ काठमान्डूको नाफा २९.४५% ले विस्तार, समग्र सूचकमा यस्तो छ परिवर्तन

07 May,2019
  • bokl_new_4_26_2018_11_30_04_8_16_2018_12_49_11.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डू (बीओके) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको छ । बैकले यस त्रैमासमा १ अर्ब २० करोड ४६ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ९३ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको खुद नाफा यसपालि २९.४५% ले वृद्धि गरेको हो ।
 
चैत मसान्तसम्म यसको वितरण योग्य नाफा भने ७३ करोड ३८ लाख रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानी ३२.६०% ले वृद्धि गरी २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बीओकेले २ अर्ब ६ करोड २७ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 
सञ्चालन नाफा पनि १ अर्ब ३१ करोड ५६ लाख ८६ हजार रुपैयाँबाट बढाएर १ अर्ब ७१ करोड ६ लाख १३ हजार रुपैयाँ पुर्याएको छ । यो गत वर्षको भन्दा ३०.०१% ले बढी हो । हालसम्म बीओकेले ८१ अर्ब १३ करोड ५० लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब २६ करोड १५ लाख ३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
 
गत वर्ष ७६ अर्ब ९१ करोड ३७ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ७८ करोड ९० लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । खराब कर्जा १.८२% बाट बढेर २.१२% पुगेको छ । कस्ट अफ फन्ड ७.३७% रहेको छ । बीओकेको कर्जा निक्षेप अनुपात ७८.५१% र बेस रेट १०.०७% रहेको छ । हाल यसको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ छ । 
 
रिजर्भ कोषमा भने ३ अर्ब ६० करोड ६४ लाख ६३ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष रिजर्भमा ३ अर्ब ६१ करोड १ लाख ८५ हजार रुपैयाँ रहेको थियो । यस बैकको रिटेन्ड् अर्निङ १ अर्ब २२ करोड ४६ लाख १९ हजार रुपैयाँ छ । बीओकेको प्रतिसेयर आम्दानी पनि १७ रुपैयाँ ५४ पैसाबाट बढेर १९ रुपैयाँ ९२ पैसा (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा छ ।

बैंक अफ काठमान्डूको रिपोर्ट यहाँबाट हेर्नुहोस् ।

Post Your Comment