Market Closed

बीओकेको ११% नगद लाभांश खातामै पठाउने तयारी, डिम्याट गर्न आग्रह

20 Oct,2019
  • bok_10_17_2019_10_04_02.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डू (बीओके) ले ११% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ । असोज १५ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाउने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस्तै, असोज १५ गतेपछि डिम्याट गर्नेहरुको नगद लाभांश पनि क्रमशः खातामा जम्मा हुनेछ ।
 
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । बैंकले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनैपनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ ।
 
यसैगरी, सेयर धितोमा राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र उपलब्ध गराएपछि नगद लाभांश बैंक खातामा पाउनेछन् । बैंक अफ काठमान्डूको असोज ३० गते सम्पन्न साधारण सभाले ११% नगद लाभांश र ६% बोनस सेयर गरी कुल १७% लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

Post Your Comment