Market Closed

पुँजी वृद्धिको दबाब बैंक अफ काठमान्डूको प्रतिसेयर आम्दानीमा, नाफा घट्यो

15 Nov,2019
  • bokl_new_4_2_6_22_2018_5_37_49.jpg
नेपाली पैसा

काठमाडौं : आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमाससम्म आइपुग्दा पुँजी वृद्धिको दबाब बैंक अफ काठमान्डूको प्रतिसेयर आम्दानीमा परेको छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसाले घटेर १९ रुपैयाँ ०४ पैसामा आएको छ । 

बैंकको चुक्ता पुँजी १३.९९% ले बढ्दा खुद नाफा घटेकाले यसको असर प्रतिसेयर आम्दानीमा परेको हो । खुद नाफा ०.८०% ले घटेर ३८ करोड ३७ लाख २५ हजार रुपैयाँमा आएको छ । गत वर्ष बैंकले ३८ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १८ करोड ७६ लाख रुपैयाँ रहेको छ । 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ११.३२% र ०.०७% ले बढेको छ । निक्षेप संकलन र कर्जा लगानीमा पनि सामान्य सुधार आएको छ । बैंकको खराब कर्जा १.७३% छ भने आधारदर १०.६२% रहेको छ । प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७५ पैसा रहेको छ । 

बैंक अफ काठमान्डूले गत वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १७% लाभांश साधारण सभाले अनुमोदन गरिसकेको छ । जसमा ११% नगद लाभांश र ६% बोनस सेयर छ । उक्त लाभांश बैंकले लगानीकर्ताको खातामा पठाउने तयारी गरेको छ । 

 

Post Your Comment