Market Closed

बैंक अफ काठमान्डूलाई १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डको अनुमति

22 Nov,2020
  • debenture_2_25_2020_10_58_35_3_3_2020_10_11_01_3_17_2020_10_07_17.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डू (बीओके) ले १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ९ लाख ६० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘बीओके ऋणपत्र–२०८६’ ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । बीओकेले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न रेटिङ गराइसकेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । 
 

Post Your Comment