Market Closed

बुटवल पावर र युनाइटेड मोदीको आज एजीएम, यस्ता छन् एजेन्डा

09 Jan,2020
  • AGM_new_1_1_9_2020_10_25_33.jpg
नेपाली पैसा  
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावको साधारण सभा बिहीबार (पुस २४ गते) युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ । सभामा कम्पनीले ८.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ । पुस १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 
यस्तै, बुटवल पावर कम्पनीको सभा पनि आज (पुस २४ गते) कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हँदैछ । सभामा बुटवल पावरले २८% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस कम्पनीले गत वर्षको नाफाबाट १८% नगद तथा १०% बोनस सेयर दिन लागेको हो । सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । पुस ८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । 

बुटवल पावरले घोषणा गर्यो बोनससहित नगद लाभांश

युनाइटेड मोदीको लाभांश घोषणा, गत वर्षभन्दा धेरै


Post Your Comment