बुटवल पावरले ३० लाख कित्ता प्रिमियममा एफपीओ ल्याउने

15 Jun,2016
  • butwal_6_14_2016_1_12_51.jpg
नेपाली पैसा 
काठमाडौं  : बुटवल पावर कम्पनीले ३० लाख कित्ता एफपीओ जारी गर्ने भएको छ । 
 
कम्पनीले प्रिमियम भाउ राखेर एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको मंगबार बसेको सञ्चालक समिति बैठकले प्रिमियममा एफपीओ जारी गर्ने निर्णय गरेको हो । 
 
यसका लागि कम्पनीले असार २७ मा विशेष साधारण सभा बोलाएको छ । एफपीओ प्रस्ताव विशेष साधारण सभाले अनुमोदन गरेपछि मात्र निष्कासन गर्न पाइनेछ ।

साधारण सभाले पारित गरेपछि कम्पनीले धितोपत्र बोर्डमा भाउ स्वीकृत गर्न निवेदन दिनेछ । 
 
 

Post Your Comment