Market Closed

बुटवल पावरको एजीएम आज, लगानीकर्तालाई २८% लाभांश

11 Jan,2019
  • butwal-power-company-ltd_8_15_2018_1_17_51.jpg
नेपाली पैसा
 
काठमाडौं : बुटवल पावर कम्पनीको आज (पुस २७ गते) बिहान १० बजे सुरु भएको छ । साधारण सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा सुरु भएको सभामा कम्पनीले २८% लाभांश दिने प्रस्ताव पेश गरेको छ । कम्पनीले लगानीकर्तालाई १०% बोनस सेयर र १८% नगद गरी कुल २८% लाभांश वितरण गर्न लागेको हो ।
 
कम्पनीले साधारण सभा गर्न पुस ६ गतेदेखि बुक क्लोज गरेको छ । पुस ५ गतेसम्म कायम रहेका सेयरधनी मात्र प्रस्तावित लाभांश पाउनेछन् । प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५ लाख ३९ हजार २०० रुपैयाँ पुग्नेछ ।
 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले १० करोड ३८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । पहिलो त्रैमाससम्ममा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २९८ रुपैयाँ ११ पैसा रहेको छ ।

Post Your Comment