Market Closed

हाइड्रोपावरहरुले नाफा कमाउन थाले, धेरैको रिजर्भ, इपीएस पनि बढ्यो

21 Feb,2020
  • profit_nes_2_21_2020_8_26_51.jpg
नेपाली पैसा
 
काठमाडौं : हाइड्रोपावर कम्पनीहरु पनि अब विस्तारै प्रगतिको पथमा लम्किन थालेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा धेरै कम्पनीहरुले नाफा वृद्धि गरेका छन् । रिजर्भ कोष, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ लगायतका महत्वपूर्ण वित्तीय सूचकहरुमा पनि प्रगति हासिल गरेको देख्न सकिन्छ । तथापि, कतिपय भने अझै नोक्सानमा रहेको पनि देखिन्छ । 
 
पुस मसान्तसम्म आइपुग्दा सूचीकृत २९ हाइड्रोपावर कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेप्सेमा हाल ३२ वटा जलविद्युत (हाइड्रोपावर) कम्पनी सूचीकृत भए पनि ३ वटाले भने अहिलेसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन नगर्नेमा जोशी, घलेम्दी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी रहेका छन् ।
 
लगानी गर्नुपूर्व कम्पनीको वित्तीय अवस्था अध्ययन आवश्यक हुन्छ । तसर्थ, राम्रो प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरु लगानीकर्ताको आँखामा पर्ने गर्दछन् । लाभांश क्षमता बलियो भएको, विगतमा पनि लाभांश दिएका र भविष्यमा अझ राम्रो लाभांश दिन सक्ने कम्पनी छान्न सक्नु लगानीकर्ताका लागि महत्वपूर्ण पक्ष हुन सक्छ । रिपोर्ट सार्वजनिक गर्ने २९ हाइड्रोपावर कम्पनी कस्ता छन् ? 
 
८ हाइड्रोपावर कम्पनीको पुँजी बढ्यो 
 
दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने २९ मध्ये ८ हाइड्रोपावर कम्पनीको चुक्ता पुँजी बढेको छ । सानिमा माई हाइड्रोपावरले गत वर्षको नाफाबाट लगानीकर्तालाई बोनस सेयर दिएको भए पनि त्यसलाई वित्तीय विवरणमा पुँजीकृत गरेको छैन ।




यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा चिलिमे हाइड्रोपावर कम्पनी रहेको छ । यसको पुँजी १९.९९% ले बढेर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी भने अपर तामाकोशीको रहेको छ । 
 
१४ कम्पनीको जगेडा कोष बढ्यो
 
पुस मसान्तसम्म आइपुग्दा १४ कम्पनीको जगेडा कोष बढेको छ । २ कम्पनीको जगेडा कोष घटेको छ भने १३ को जगेडा ऋणात्मक रहेको छ । जगेडा कोष घट्नेमा चिलिमे र छ्याङदी हाइड्रोपावर रहेका छन् । यता, सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा भने अरुण काबेली हाइड्रोपावर परेको छ ।




यसको जगेडा कोष ८९२.४१% ले बढेर २ करोड ७३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जगेडा कोष धेरै हुनेमा बुटवल पावर कम्पनी रहेको छ । यसको जगेडा कोष ४ अर्ब २९ करोड ९७ लाख ७९ हजार रुपैयाँ रहेको छ । 
 
१९ कम्पनीको नाफा बढ्यो
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १९ कम्पनीको नाफा बढेको छ । २ को नाफा घटेको छ भने ८ कम्पनी नोक्सानमा रहेका छन् । यसअवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा अरुण काबेली रहेको छ । यसको नाफा १५८०.६३% ले बढेर ४ करोड २८ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।




रकममा सबैभन्दा धेरै नाफा कमाउनेमा बुटवल पावर कम्पनी रहेको छ । यसको नाफा १३.२७% ले बढेर ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँ पुगेको छ । 
 
११ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो
 
दोस्रो त्रैमासमा ११ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ३ को घटेको छ । ६ कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ । यता, ८ ले भने गत वर्षको प्रतिसेयर आम्दानी वित्तीय विवरणमा समावेश गरेका छैनन् ।




सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा ङादी ग्रुप पावर रहेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४१ पैसाले बढेर १६ रुपैयाँ ४८ पैसमा आएको छ । 
 
# हिमालयन पावर पार्टनर हालसम्म निर्माणधीन अवस्थामा रहेको तथा आयोजनाको व्यापारिक उत्पादन सुरु नभएकाले प्रशासनिक खर्चलाई सोही आयोजनामा पुँजीकृत गरिएको कम्पनीले जनाएको छ । तसर्थ, आम्दानी तथा खर्च नरहेकाले प्रतिसेयर आम्दानी, पिईलगायतको सूचक गणना गर्न नसकेको कम्पनीको दाबी छ । 
 

Post Your Comment