Market Closed

छिमेक लघुवित्तमा ४८ लाख २४ हजार रुपैयाँ नगद लिन किन गएनन् लगानीकर्ता ?

10 Feb,2019
  • dividendsmsn_2_10_2019_6_05_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थामा लगानीकर्ताहरुको ४८ लाख २४ हजार ४४६ रुपैयाँ नगद लाभांश थन्किएर बसेको छ । यो विभिन्न १० आर्थिक वर्षमा कम्पनीले वितरण गरेको नगद लाभांश हो । जसमा आर्थिक वर्ष ०६१–६२ देखि ०७२–७३ सम्म बाँडिएको नगद लाभांश परेको छ । 
 
कम्पनीले आइतबार (माघ २७ गते) सूचनै प्रकाशित गरेर बाँकी रहेको लाभांश तत्काल लैजान भनेको छ । ३५ दिनभित्र छिमेकको केन्द्रीय कार्यालय मध्य बानेश्वर काठमाडौं तथा सेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा सम्पर्क गरेर लगानीकर्ताले आफ्नो लाभांश लैजान सक्नेछन् ।
 
तर अबको ३५ दिन सम्ममा पनि नलैजानेको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । त्यसपछि लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने हुन्छ ।
 

Post Your Comment