Market Closed

सिभिल बैंक र किसान माइक्रोफाइनान्सको ७५ लाख ८० हजार कित्ता बोनस सूचीकृत

24 Jul,2019
  • listings_template_5_31_2018_5_48_05.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा बुधबार सिभिल बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको गरी कूल ७५ लाख ८० हजार १३८.१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सिभिलको मात्रै ७४ लाख ४० हजार ७९३.१२ कित्ता रहेको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४को नाफाबाट १०.२५% बोनस वितरण गरेको थियो । सोही बोनस अहिले नेप्सेमा सूचीकृत भएको हो । 
 
यसैगरी, किसान माइक्रोफाइनान्सको १ लाख ३९ हजार ३४५ कित्ता बोनस पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २९% बोनस दिएको हो ।

Post Your Comment