Market Closed

सिभिलको वित्तीय अवस्था निराशाजनक, प्रतिसेयर आम्दानी जम्मा एक रूपैयाँ ८५ पैसा

17 Nov,2016
  • civil_bank_11_17_2016_11_58_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिभिल बैंकले लगानीकर्तालाई निराश बनाउने वित्तीय विवरण बाहिर ल्याएको छ । 
 
बैंकको प्रतिसेयर आम्दानी जम्मा १ रूपैयाँ ८५ पैसा छ । प्रतिसेयर आम्दानीलाई आधार मान्दा लगानीकर्ताले खासै केही पाउन सक्ने देखिंदैन ।

यो बैंकको प्रतिसेयर नेटवर्थ एक सय १७ रूपैयाँ ४५ पैसा छ । सिभिलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा एक करोड ७१ लाख दुई हजार रूपैयाँमात्र खुद नाफा कमाएको हो । 
 
बैंकले जोखिम व्यवस्थापनका लागि ठूलोमात्रामा प्रोभिजनमा पैसा छुट्याउनुपर्दा निकै निराशाजनक अवस्था उत्पन्न भएको हो । समयमा कर्जाको साँवा र ब्याज भुक्तानी हुन नसक्दा बैंकले प्रोभिजनमा ३२ करोड ६४ लाख २४ हजार रूपैयाँ छुट्याएको छ । 
 
बैंकले विगतमा प्रोभिजनमा राखेको १६ करोड ३२ लाख रूपैयाँ राइट ब्याक गरे पनि त्यसले वित्तीय विवरणमा खासै सकारात्मक अवस्था देखाउन सकेको छैन । 
 
समकक्षी बैंकहरूको अवस्था निकै मजबुत भएर गइरहँदा सिभिलले भने अहिलेसम्म लगानीकर्तालाई खासै खुशी बनाउने प्रगति हासिल गर्न सकेको छैन । बैंकले खुद ब्याज आम्दानीमा भने केही सुधार गरेको छ । 
 
गत वर्ष १४ करोड ५९ लाख ४१ हजार रूपैयाँ खुद ब्याज आम्दानी भएकामा यसपटक त्यो बढेर २३ करोड ९१ लाख ३७ हजार रूपैयाँ पुगेको छ ।
 
 फराकिलो स्प्रेड अन्तरका कारणा ब्याज आम्दानी बढेको हो । कर्जा असुली हुन नसकेपछि बैंकको खराब कर्जा अनुपात पनि आकासिएको छ । 
 
सिभिलले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टमा खराब कर्जा अनुपात ४.१३ प्रतिशत पुगेको देखाइएको छ । गत वर्ष यही बेला बैंकको खराब कर्जा अनुपात २.५४ प्रतिशत मात्र थियो । 
 
सिभिलको चुक्ता पुँजी तीन अर्ब आठ करोड २७ लाख ७९ हजार रूपैयाँ छ । रिजर्भ कोषमा जम्मा ५३ करोड ८९ हजार रूपैयाँ जम्मा भएको छ । सिभिलले ३१ अर्ब ३४ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरी २६ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । 
 

Post Your Comment