Market Closed

सिभिल बैंकको २७ लाख ५८ हजार कित्ता संस्थापक सेयर कर्मचारी सञ्चय कोषको पोल्टामा

24 May,2018
  • Civil-Bank-Ltd__45_5_24_2018_2_49_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिभिल बैकको संस्थापक समूहको लिलामी सेयर तेस्रो पटक भने सबै बिकेको छ । लिलामी सकार्न कर्मचारी सञ्चय कोष अघि सरेपछि सेयर बिक्री सम्भव भएको हो । कर्मचारी सञ्चय कोषले मात्रै २७ लाख ५८ हजार ८०० कित्ता संस्थापक सेयर हात पार्न सफल भएको छ । सञ्चय कोषले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर स्वीकारेको हो । 
 
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका मर्चेन्ट बैंकिङ म्यानेजर इशा श्रेष्ठले प्रतित्तिा १०० रुपैयाँका दरले सञ्चय कोषले २७ लाख ५८ हजार कित्ता किनेको नेपाली पैसालाई बताइन् । यस आधारमा सञ्चय कोषले २७ करोड ५८ लाख ८ हजार रुपैयाँ लगानी गरेको छ ।  
 
कर्मचारी सञ्चय कोषले बिक्री खुला गरिएको सबै २९ लाख ९२ हजार २१०.२५ कित्ता सेयरका लागि आवेदन दिएको भए पनि २७ लाख ५८ हजार कित्ता मात्र हात पार्न सफल भएको श्रेष्ठले बताइन् । १ सय रुपैयाँभन्दा बढी भाउ तोक्ने अरु पनि भएकाले सञ्चय कोषले सबै नपाएको हो । यसैगरी केही सेयर १ सय रुपैयाँकै दरमा राष्ट्रिय बिमा कम्पनीलाई पनि दिइएको छ । 
 
बिक्री प्रबन्धकका अनुसार राष्ट्रिय बिमा कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँकै भाउमा १ लाख ४५ हजार कित्ता सेयर पाएको छ । बाँकी रहेको ८८ हजार ४१०.२५ कित्ता सेयर सर्वसाधारण लगाीकर्ताको पोल्टामा गएको छ । सर्वसाधारणले भने प्रतिकित्ता अधिकतम १५० रुपैयाँ सम्म भाउ राखेर बोलकबोल फारम भरेका थिए । 
 
सिभिल बैंकले जेठ २ देखि ९ गतेसम्म २९ लाख ९२ हजार २१०.२५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो । बैंकले यसअघि २ पटकसम्म बिक्री खुला गर्दा यो संख्याको सेयर बिक्री हुन सकेको थिएन । 
 
सुरुमा बैंकले फागुन २३ गतेदेखि चैत १ गतेको समय सीमा तोकेर संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ बित्ता बिक्री खुला गरेको थियो । त्यस समयमा न्यून कित्ता मात्र बिकेको थियो । 
 
त्यसपछि पुनः चैत १४ देखि २१ गतेसम्म सर्वसाधारणले समेत भर्न पाउने गरी ३१ लाख २१ हजार ६००.२५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो । जसमा १ लाख २९ हजार ३९० कित्तामा मात्र आवेदन पर्यो । यसकारण, बाँकी सेयर फेरि लिलामीमा ल्याउनु परेको हो ।
 

Post Your Comment