Market Closed

सिभिल बैंकको मुद्दति खातामा वार्षिक १२.२२% ब्याजदर, बचतमा पनि दिने भयो १०%

12 Jun,2018
  • Civil-Bank-Ltd_6_12_2018_12_39_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सिभिल बैंक पनि ब्याजदर बढाउने होडबाजीमा आएको छ ।  बैंकले मुद्दति खातामा वार्षिक १२.२२% ब्याजदर दिने नयाँ योजना ल्याएको छ । बैंकले २२२ दिने व्यक्तिगत मुद्दति खातामा सर्वाधिक ब्याजदर दिन लागेको हो ।
 
यस्तै, सिभिल बैंकले चन्द्र सूर्य बचत खातामा १०% वार्षिक ब्याज दिने योजना ल्याएको छ । यो बचत खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ चाहिने छ । बैंकले निःशुल्क एटीएम कार्ड, ५ लाख सम्मको दुर्घटना (मृत्यु–अपाङ्ग) बीमाको सुविधा, ५ लाख सम्मको एबीबीएस सुविधा, लकरको वार्षिक शूल्क र होम बैंकिङ सुविधा दिने जनाएको छ ।

Post Your Comment